म्यानेजर पुजा ददलानीले सबै सम्हाल्छिन् बलिउड किंग शाहरुख खानको दैनिकी , आज आर्यनको लागि एनसीबी नै पुगेर बुझिन अवस्था — OSNepal

म्यानेजर पुजा ददलानीले सबै सम्हाल्छिन् बलिउड किंग शाहरुख खानको दैनिकी , आज आर्यनको लागि एनसीबी नै पुगेर बुझिन अवस्था

LC (KTM) October 06, 2021 0

बलिउड स्टारको लाईफ स्टाइलको बारेमा जान्नको लागि हरकोही उत्सुक रहन्छन् । फ्यानहरुलाई यो जान्नका लागि सधै उत्सुकता रहन्छ कि उनीहरुको मन परेको स्टारको ब्यस्त कार्यशैली र दैनिकि कस्तो रहने गरेको छ । उनीहरुले आफ्नो कामलाई कसरी सम्हाल्छन् भन्ने बारे सबैको चासो हुनु स्वभाविक रहेको छ । यसैक्रममा आज हामी तपाईलाई बलिउडमा एकदमै चलेका स्टारहरुको म्यानेजरको बारेमा महत्वपुर्ण जानकारी दिदैछौ । उनीहरुले आफ्नै परिवार जत्तिकै गरेर स्टारहरुको काम सम्हालिरहेका हुन्छन् ।

पुजा ददलानी शाहरुख खानको म्यानेजरको रुपमा रहेकी छिन् । बलिउडका किंग अर्थात शाहरुख खानको म्यानेजर हुनु कुनै चानचुने कुरा हैन । तर पनि पुजा ददलानीले शाहरुख खानको सबै काम एकदमै राम्रो संग सम्हालिरहेकी हुन्छिन् । लामो समय देखी उनी शाहरुख खानो म्यानेजर भएर काम गरिरहेकी छिन् । शाहरुखको बलिउडको कार्यतालिका मिलाउने देखी लिएर पुजा आईपीएल टीम कोलकत्ता नाइट राइडर्सको ब्राण्ड समेत रेखदेख गर्ने गर्छिन् ।

उनले घर ब्यवहारका कुरामा समेत शाहरुख खान लाई साथ दिईरहेकी हुन्छिन् । यसैक्रममा आज शाहरुखको सबै काम सम्हाल्दै आएकी उनकी म्यानेजर पूजा ददलानी आर्यनलाई भेट्न एनसीबीको हेडक्वार्टरमा पुगेको खबर आएको छ । उनी कारमा चढेर हेडक्वाटर पुगेकी थिईन् । म्यानेजर पूजाले एजेन्सी हेडक्वार्टर बाहिर भएका मिडियालाई सम्बोधन गरेकी थिईन्

त्यसलगत्तै एनसीबीका अधिकारीलाई क्रुज शीप रेव पार्टीका हालै पक्राउ परेका कार्यक्रम आयोजकलाई घेरेर अस्पतालतर्फ लैजादै गरेको देखिएको थियो । ड्रग्सका सबै आरोपीहरुलाई मेडिकल परीक्षणका लागि लैजादैं गरिएको थियो । मुम्बई प्रहरी ड्रग्स केसको मामिलामा पूरा मुम्बईमा छापा हानिरहेको बेला शाहरुख खानका फ्यानहरुले शाहरुखको समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर