रुदै खेलाडीका बाले भने ‘छोरो जीवन माग्छ, अस्पताल पैसा’ — OSNepal

रुदै खेलाडीका बाले भने ‘छोरो जीवन माग्छ, अस्पताल पैसा’

LC (KTM) May 23, 2021 0

गुल्मी। गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास खानिगाउँमा बस्दै आएका २५ बर्षिया मोहन तरामुको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो। गुल्मीका विभिन्न क्लव हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई जिल्लाको शिर उचोँ राख्न सफल तरामु यतिबेला आफै जिवन मरणको दोँसाधमा छन् । शुक्रबार छल्दी पनाहा स्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा ढुङ्गामा टाउको ठोक्किदा उनको ढाड, घाँटी र नशाामा गम्भि र चो ट लागेको छ ।

शुक्रबार नै तम्घास अस्पतालमा ल्याइएपनि उपचार सम्भव नभएपछि बुटबलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको शरिरको छातिभन्दा तलको भाग निष्क्रिय छ । घाँटीको हाड भाँचिएको र मेरुदण्डको नशा च्यापिएको मोहनका बुबा पूर्ण बहादुरले बताए ।

मोहनलाई शुक्रबार नै बुटबल पु¥याइएको थियो । तर एकै दिनमा एक लाख २० हजारभन्दा बढी रकम खर्च भइसकेको र बाँकि रकम आफुसँग नभएकोले सहयोग गरिदिन उनले आग्रह गरेका छन् । लामो समयसम्म माओवादी आन्दोलनमा सक्रिय पूर्ण बहादुर पछिल्लो समय खानिगाउँमा सामान्य किराना पसल गर्दै गुजारा चलाएका थिए । अहिले छोराको उपचार गर्न आर्थिक अभाव भएपनि छोरालाई बचाउने रहर भएको भन्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । ‘उपचारको लागि मात्रै आठ लाखभन्दा बढी रकम चाहिने भनेका छन् ।’ मोहनका बुबा पूर्णबहादुरले भने, ‘छोराले जीवन माग्छ, अस्पतालले पैसा ।’ मेरुदण्डको अप्रेशन गर्न मात्रै करिब डेढ लाख लाग्ने लाग्ने र नशा च्यापिएको उपचारको लाग्ने रकम यकिन नभएको पूर्ण बहादुर बताउछन् ।

कम्तिमा डेढ महिना अस्पतालमै बस्नुपर्ने भएकोले खर्च अझ धेरै लाग्न सक्ने उनको भनाई छ । परिवारका पाँचैजना सदस्यहरुको स्वास्थ्य बीमा गरेपनि तिनाउ अस्पतालमा बीमाले काम नगर्दा समस्या भएको उनले बताए । उनको उपचारको लागि नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले २५ हजार सहयोग गरेको महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्यालले बताए । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर