आर्यन खान आज जमानतमा रिहाइ हुन सक्ने भनेपछि खुशीले रोए बाबु शाहरुख — OSNepal

आर्यन खान आज जमानतमा रिहाइ हुन सक्ने भनेपछि खुशीले रोए बाबु शाहरुख

LC (KTM) October 08, 2021 0

क्रुज ड्रग्स मामलामा शाहरुख खानका छोरा आर्यन खानलाई बिहिबार कोर्टमा पेश गरिएको छ । सुनवाई पछि काृर्टले आर्यन खान सहित ८ आरोपीलाई न्यायिक हिरासतमा पठाई दिएको छ । बिहिबारकको रात एनसीबीको कार्यालयमै रहने छन् आर्यन खान । हालै आर्यन खानलाई न्यायिक हिरासतमा भए पनि एनसीबीकै कार्यलयमा राखिने भएको छ । यस मामलामा अब सुनवाई आज ११ बजे हुने बताइएको छ ।

एनसीबीले बिहिबार जमानतको बिरोध गरेको थियो । एनसीबीले यस मुद्धाको सुनवाई एनडीपीएस कोर्ट बाटै हुनु पर्ने बताएको थियो तर एनसीबीलाई कोर्टको यो फैसलाले झट्का लागेको छ । कोर्टले एनसीबी संग यो बिषयमा जाँच गर्नको लागि एकदमै धेरै समय रहेको बताएको थियो । एनसीबीले आरोपीहरुलाई ११ अक्टोबर सम्म कस्टडीको माग गरिरहेको थियो , तर कोर्टले आरोपीलाई न्यायिक हिरासतमा पठाइ दिएको छ । एनसीबीले अब यस बिषयमा चार्जशीट फाईल गर्नु पर्ने भएको छ । आरोप पत्रमा एनसीबीले आर्यन खान माथि लगाएको आरोपको जिकिर गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर