नेपाल बारे बेलायतले दियो यस्तो खुशीको खबर — OSNepal

नेपाल बारे बेलायतले दियो यस्तो खुशीको खबर

LC (KTM) October 08, 2021 0

काठमाडौं, २२ असोज-बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे ।

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन ।

नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर