गर्मीमा प्याज बहुउपयोगी, खाँदा के के छन् फाइदा ? — OSNepal

गर्मीमा प्याज बहुउपयोगी, खाँदा के के छन् फाइदा ?

LC (KTM) October 08, 2021 0

काठमाडौं । गर्मी या जुनसुकै समयमा पनि तराई क्षेत्रमा काँचो प्याज खान चलन छ । काँचो प्याज गर्मीमा खाँदा निकै फाइदा हुन्छ । प्याज बहुपयोगी छ । यसलाई काँचो मात्रै होइन धेरै जसो पकाएर अर्थात अन्य तरकारीमा मिसाएर खाने गरिन्छ । अधिकांशको भान्सामा प्याज उपलब्ध हुन्छ । प्याज खाँदा मात्रै मीठो होइन यसका अनेकौं गुणहरु रहेका छन् । यसमा औषधीय गुण पनि रहेको हुन्छ ।

प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ पाइन्छ । प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । गर्मी महिनानका दिनहरुमा हरेक दिन कम्तिमा एउटा काँचो प्याज खानाले यसबाट प्राप्त हुने पोषक तत्वहरुका कारण कयौं स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ।

गर्मीमा तातो हावा चल्ने हुँदा लू लाग्नबाट काँचो प्याजले बचाउँछ । काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । गर्मीमा अधिकांश मानिस डिहाइड्रेसनको पीडामा पर्छन् । पथरीको समस्या छ भने विहान खाली पेट दुई चम्चा काचो प्याजको रस पिउँदा फाइदा पुग्छ । प्याजको रसलाई चिनीसँग घोले स्टोन बनाएर पिउँदा पथ्थरी हटाउनलाई फाइदा पुग्छ ।

गर्मी महिनामा घमौरा निस्केर बच्चाहरूलाइ अतिनै पिरोल्ने गर्छ भने पानीमा प्याजको रस र चिनी घोलेर पिउनाले घमौराबाट बच्न सकिन्छ। प्याजको रस पानीमा मिलाएर पिउनाले गर्मीका कारण हुने पिसाब पोल्ने समस्याबाट राहत पाउन सकिन्छ भने सलादमा काँचो प्याज खानाले कब्जियतको समस्या समाधान हुन्छ। प्याजको रस, कागती र पुदिनाको रससँग मिलाएर पिउनाले रिंगटा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर