छोराको पिरले जन्म दिन मनाईनन् शाहरुख पत्नी गौरीले — OSNepal

छोराको पिरले जन्म दिन मनाईनन् शाहरुख पत्नी गौरीले

LC (KTM) October 08, 2021 0

यतिबेला चर्चामा रहेका छन् शाहरुख खानका छोरा आर्यन खान । क्रुज ड्रग्स पार्टीमा सहभागि भएको बिषयमा अहिले आर्यन खान एनसीबीको हिरासतमा रहेका छन् । उनको हिरासत पछि परिवार भने ठुलो तनावमा रहेको छ । बिशेष गरेर आर्यनकी आमा गौरी अत्यन्तै दुखी मोडमा रहेकी छिन् । उनी छोराको हिरासत र दिन दिनै ड्रग्स केसमा जकडिदै गईरहेका बेला बिचलित अवस्थामा रहेकी छिन् ।
हुन त आज शाहरुख पत्नी गौरीको जन्मदिन हो ।

तर पनि उनले आज आफ्नो जन्म दिन मनाउन सकिनन् किनकि उनका छोरा आर्यन अहिले हिरासतमा रहेका छन् । आफ्ना साथी तथा आफन्त जनहरुसंग गौरीले धुमधामका साथ जन्म दिन मनाउने तयारी गरेकी थिईन् । छोराको यो काण्ड बाहिरीए पछि उनी सबै जन्मोत्सवको कार्यक्रम रद्ध गरेर चिन्तित अवस्थामा बसेकी छिन् । सधै छोरा छोरी आफन्त साथी भाई संग उल्लासमय तरिकाले जन्म दिन मनाउने गरेकी गौरीलाई यसपालीको जन्म दिनमा ठुलै संकट आईपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर