बिदेशमा आफ्नै दाजुभाइले यति सम्म गरे, चेपाङकी छोरीले सुनाइन् जेल बस्दाको पिडा — OSNepal

बिदेशमा आफ्नै दाजुभाइले यति सम्म गरे, चेपाङकी छोरीले सुनाइन् जेल बस्दाको पिडा

LC (KTM) May 23, 2021 0

बुद्धिमाया प्रजा बैदेशिक रोजगारिका लागि साउदी र कुवेत जानुभयो । उहाँले आफ्नो घरखर्च चलाउनको लागि बिदेशी भुमिमा पाँच बर्ष बिताउनुभयो । चितवनको माडी नगरपालिका वडा नम्वर ९ राइडाँडामा रहेको नुमना चेपाङ बस्तीकी स्थानीय बुद्धिमायाका आफ्नै पिडा छन् ।

परिवारको खुसीका लागि मुलुक छोडेर अर्काको देशमा पुग्नुभएकी बुद्धिमायालाई आफ्नै नेपाली दाजुभाइले धोका दिए । समस्या परेका नेपाली दाजुभाइलाई आर्थिक सहयो गरेको बताउँदै उहाँले भन्नुभयो, ‘उनिहरु दुखमा परेका बेलामा मैले सहयोग गरेँ, अहिले मलाई समस्या पर्दा उनिहरु सम्पर्कमा छैनन् ।’

आर्थिक अभावमा अहिले बुद्धिमायाको परिवार गुज्रिरहेको छ । दुई जनालाइ गरेर उहाँले पाँच लाख पचासा हजार रुपैयाँ सापटी दिनुभएको हो । तर अहिले आफु बिरामी हुँदा पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको उहाँले गुनासो गर्नुभएको छ ।

बिदेह जाने सिलसिलामा उहाँ जेल पनि पर्नुभएको थियो । बैदेशिक रोजगारिका लागि भारतको बाटो हुँदै जान पर्ने भएकाले उहाँ जेल पर्नुभएको हो । तीन दिनसम्म जेल परे पनि आर्थिक अभावका कारण आफु बिदेश पुगेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर