आईपीएलको आजको खेलमा जितेर पनि हार्यो साबिक बिजेता मुम्बइले — OSNepal

आईपीएलको आजको खेलमा जितेर पनि हार्यो साबिक बिजेता मुम्बइले

LC (KTM) October 08, 2021 0

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टीट्वान्टी क्रिकेटमा आज भएको खेलमा जीत निकालेर पनि लिग चरणबाटै बाहिरिएको छ । अबुधाबीमा आज अबेर राती सम्पन्न भएको खेलमा सनराइजर्स हैदरवादलाई मुम्बइले ४२ रनले हरायो , तर पनि मुम्बई प्ले अफ पुग्न सकेन् । मुम्बईले पहिला ब्याटिंग गर्दै २ सय ३६ रनको लक्ष्य हैदराबाद लाई दिएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । मुम्बईका जस्प्रित बुम्राह,नाथन कल्टर र जेम्स निशमले समान दुई दुई विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार पारेको थियो । मुम्बईका इशान किशनले ८४ र सूर्यकुमार यादवले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनीहरुले आज जित दिलाउन त सके तर लिगमा स्थान बनाउन सकेनन् । हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले दुई दुई विकेट लिएका थिए । आजको जितसँगै मुम्बईले १४ खेलमा १४ अंक जोड्यो । तर, कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफबाट बन्चित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर