कस्ले भन्यो पुजा शर्मा र आकाश श्रेष्ठको बिबाह भएको छैन ? — OSNepal

कस्ले भन्यो पुजा शर्मा र आकाश श्रेष्ठको बिबाह भएको छैन ?

LC (KTM) October 09, 2021 0

नेपाली सिने जगतमा सधै संगै नाम जोडिएर आउने जोडी हो नायीका पुजा शर्मा र नायक आकाश श्रेष्ठको । उनीहरु बीच प्रेम सम्बन्ध रहेको समेत धेरै जसो सामाजिक सञ्जालमा हल्ला हुने गरेको छ । दुबै जना बीच प्रेम सम्बन्ध होला न होला तर दुबै जना मिल्ने साथीहरु भने पक्कै हुन् । यही जोडीलाई पर्दामा दर्शकले पनि अक्सर खोेज्ने गर्छन् । अहिले फेरी यो जोडीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दसैँको अवसर पारेर युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा अर्जुन सुनाम र सिर्जु अधिकारीको स्वर रहेको छ। गीतको रचना एसपी सापकोटाले गरेका छन् । यस गीतलाई निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले फिल्मी स्टाइलमा प्रस्तुत गरेका छन् । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ। आकाश र पुजाको यो भिडियोलाई दर्शकले एकदमै मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर