बैशाख ३० गते स्वस्तिमा खड्कालाई लिएर चिसो मान्छे आउँदै — OSNepal

बैशाख ३० गते स्वस्तिमा खड्कालाई लिएर चिसो मान्छे आउँदै

LC (KTM) October 09, 2021 0

कोरोनाको महामारीले थिचिएको नेपाली फिल्म बजार बिस्तारै उठ्दैछ । यसैक्रममा फिल्मका शुटिंग र तयारी अवस्थामा रहेका फिल्मका रिलिज डेटहरु तोकिन सुरु भइसकेको छ । घटस्थापनाकै दिन देखी नेपालभरका हलहरु खुले पनि नेपाली चलचित्रहरु लाग्न नसकिरहेको अवस्थामा चलचित्र चिसो मान्छेले भने रिलिज डेट नै तोकि दिएको छ । फरक शैलीका फिल्म निर्देशन गर्न मारिह दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’ ले आगामी वर्षको बैशाख ३० गते रिलिज डेट तोकेको छ ।

यो चलचित्रको रिलिज डेट त्यति धेरै पछाडी तोकिनुको कारण भने अहिले पनि चलचित्रको काम भई नै रहेको छ । अरु चलचित्रले पनि आफ्नो रिलिजका डेट तय गरिसकेका छन् । भर्खरै हलमा लाग्न लागका नेपाली फिल्महरु एकले अर्काे संग नजुधाउनकै लागि आफुले बैशाखमा रिलिज डेट राखेको बताए । दीपेन्द्रको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी छिन् । उस चलचित्रका मुख्य पात्रहरुमा अर्पण थापा , अभिनेत्री स्वस्तिमा खड्का, देशभक्त खनाल लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर