कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भइन् अनिता — OSNepal

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भइन् अनिता

LC (KTM) October 10, 2021 0

सुर्खेत, २४ असोज-कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बेपत्ता भएकी हुन् ।

दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’

डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर