रुसमा विमान दुर्घटना सोह्रको मृत्यु — OSNepal

रुसमा विमान दुर्घटना सोह्रको मृत्यु

LC (KTM) October 10, 2021 0

मस्को २४ असोज- रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ । दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण- अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ ।

एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन् ।

बिहीबार सो हमला भएको थियो । त्यसमा परेर अरु १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ । गम्भीर प्रकृतिका घाइतेहरुको मृत्यु हुने क्रम बढेको बताइएको छ ।यहाँको एक मस्जिदमाा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका रहेका पनि पाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

तर यस हमलामा इस्लामिक स्टेट्सको हात हुन सक्ने प्रहरीले जनाएको छ । साथै यहाँका सुन्नी मुसलमान अतिवादीहरूको पनि हात हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानमा रहेको इस्लामिक स्टेटले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । त्यसैले आक्रमणमा यसैको हात हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर