अत्यान्तै दुखद खबर: विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना — OSNepal

अत्यान्तै दुखद खबर: विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना

LC (KTM) October 11, 2021 0

अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका(१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका(२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् ।

दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर