किन औँला चुस्छन् बालबालिका ? यस्तो छ कारण — OSNepal

किन औँला चुस्छन् बालबालिका ? यस्तो छ कारण

LC (KTM) October 19, 2021 0

काठमाडौँ-प्रायः बालबालिकाले हातका औँला चुस्ने गर्छन् । यो बानी बालबालिकाका लागि सामान्य हो । तर के कारण ले र किन औला चुस्छन् भन्ने कुरा बहेरक अभिभाकले जान्नु जरुरी छ ।कतिपय औँला चुस्ने बच्चाका अभिभावकलाई यो ठूलो चिन्ताको विषय हुन्छ ।

किनकि, यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।त्यसैले बेललेका सचेत हुनुपर्छ ।काएको अवस्थामा दूध वा कुनै खानेकुरा नमिलेको अवस्थामा बालबालिकाले आफ्ना औँला चुस्न सुरु गर्छन् ।त्यसै गरी आरामका लागि पनि बालबालिकाले औला चुस्ने गर्छन् ।

उनीहरूले पनि कहिलेकाहीँ स्ट्रेसको अनुभूति गर्छन् । त्यसैले आफूलाई कम्फर्ट पार्न पनि उनीहरूले औँला मुखमा राख्छन् ।ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ रु यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव हुन्छ, तब मानिसमा भोक मरेर जान्छ ।

कतिपयलाई तनावको अवस्थामा अझ बढी भोक लाग्ने गर्छ । बालबालिकामा पनि यस्तो स्थिति आउँछ । जुनकुनै वेला बालबालिका तनावमा हुन सक्छन् । त्यति वेला बालबालिकाले कुनै न कुनै प्रकारको खाना खोज्न सक्छन् ।अनि कुनै खानेकुरा नभेट्दा उनीहरूले औँला चुस्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर