काठमाडौं ११ मंसिर । हत्या गरेको अभियोगमा फरार रहेका दूई जनालाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ ।
आरोपीहलाई प्रहरीले रामेछापको नाकाथुमबाट ५९ वर्षीय ज्ञान बहादुर तामाङ र काभ्रेको धुलिखेलबाट ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएकोे जानकारी अनुसार निजहरुले २०६६ साल असोज १८ गते रामेछापको खाँडादेवी गाउँपालिका–१ का २९ वर्षीय निखिल भनिने तीर्थमान दोङ (तामाङ) को खुकुरी र तरबार प्रहार गरी हत्या गरेका थिए ।
पक्राउ परेका निजहरुमाथि जिल्ला अदालतमा म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।