काठमाडौं-शाहरुख खान यस्ता कलाकार हुन् जसको फ्यान फलोइङ करोडौंमा छ । तर हालै उनको एउटा यस्तो भिडियो निकै भाइरल भइरहेको छ जसमा उनका फ्यानहरु उनी माथि नै खनिएका छन् । बलिउडका बादशाहको रुपमा परिचित शाहरुख खान यतिबेला आफ्नो फिल्म ‘पठान’ र ‘डंकी’का कारण चर्चामा रहेकै बेला यो कुरा बाहिर आएको हो । शाहरुख खानको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसपछि प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
वास्तवमा, शाहरुख २३ मे मा दिल्लीमा एक कार्यक्रममा सहभागी थिए। यस क्रममा उनले मिडियासँग कुरा गर्दै आफ्नो घर ‘मन्नत’ बारे धेरै कुरा गरे । यसैबीच उनले आफ्नो घरमा ३० देखि ४० लाख रुपैयाँसम्मको टिभी मात्र रहेको बताएका थिए । जुन सुनेपछि प्रयोगकर्ताले उनलाई चर्को ट्रोल गरिरहेका छन् । कार्यक्रममा शाहरुखले भने, ‘मेरो घरको लिभिङ एरियामा एउटा टिभी छ र एउटा मेरो बेडरूममा छ । मेरो कान्छो छोरा अब्रामको कोठामा टिभी छ र आर्यनको कोठामा पनि छ।
यसबाहेक मेरी छोरीको कोठामा छुट्टै टिभी छ । सोही अनुसार घरमा ११–१२ वटा टेलिभिजन छन् । अभिनेताले थप भने, हरेक टेलिभिजनको लागत करिब एक लाख वा डेढ लाख रुपैयाँ पर्छ। सो अनुसार मैले टिभीमा करिब ३०(४० लाख रुपैयाँ खर्च गरेको छु ।यसै क्रममा शाहरुखको यो भिडियो अहिले सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ, जसमा उनलाई ट्रोल गरिएको छ भने प्रयोगकर्ताहरुले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्,(यो हाम्रो पूरा घर हुनेछु। अर्कोतर्फ अर्का प्रयोगकर्ताले ‘म अहिले गरिब महसुस गरिरहेको छु’लेख्छन् । त्यस्तै तेस्रोले लेखेका छन्, – शाहरुखलाई देखाउने बानी छ, जुन कहिल्यै हट्दैन। यसबाहेक अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मेरो घरमा २० देखि २५ हजारको टिभी छ, तर यो टिभीमा शाहरुखको फिल्म कहिले हेरेँ, याद छैन ।