काठमाडौं ७ भदौ । लोक सेवा आयोग विरुद्ध परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्चले खारेज गरिदिएको हो ।
अदालतको संवैधानिक इजलासले आयोग विरुद्धको सबै रिट खारेज गरिदिएसँगै आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।
लामो समय देखि लोक सेवा आयोगले परिक्षा लिन पाएको थिएन ।