काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् ।गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएपनि अहिले आएर नेता पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् ।
तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् ।गण्डकी प्रदेशले समेत उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो ।
संज्ञा अहिले गत जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।संज्ञा कास्की क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन भने अहिले गण्डकी प्रदेश समितिको सदस्य हुन् ।