रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगेका छन् । साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका उनी मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् ।
म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनी अल–नासरसँग सम्झौता गरेका हुन् । सम्झौता सकिएपछि । सामाजिक सञ्जालमा यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेरसमेत लेखिएको थियो । रोनाल्डोसँग आवद्ध भएपछि ९ साउदी प्रो लिग जितेको क्लबले आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।