काठमाडौं -सुत्केरी भएको दुई महिना पछि कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बताए । उनले ‘रक्षाको पुनरागमनलाई लिएर उत्साहित भएको बताए ।
रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । उनले २ महिना अघि छोरीलाई जन्म दिएकी थिइन् ।आमा बनेपछि उनी म्युजिक भिडियोबाट अभिनयमा फर्किसकेकी छिन् । दुई दिनअघि मात्रै रक्षा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रक्षाले दर्शकमाझ फेरि आउन पाउँदा उत्साहित भएको बताएकी छन् । तर पहिले जस्तो सुटिङमा मात्र ध्यान दिन नपाइने सुटिङको समयमा पनि छोरीको चिन्ता भने लागिरहने उनले बताएकी छन् ।‘सक्किगोनि’ हिमालय टेलिभिजनबाट बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।