मकवानपुरगढी दुर्घटनामा परेर तीनको मृत्यु — OSNepal

मकवानपुरगढी दुर्घटनामा परेर तीनको मृत्यु

LC (KTM) November 30, 2023 0

मकवानपुर, १४ मङ्सिर : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उहाँको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर