रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता — OSNepal

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता

LC (KTM) December 15, 2021 0

मस्को २९ मङ्सिर – रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ । उहाँहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराउनुभएको थियो ।

यस वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उहाँहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर