राप्रपामा अध्यक्षमा राजेन्द्र लिङदेनसहित २० सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित) — OSNepal

राप्रपामा अध्यक्षमा राजेन्द्र लिङदेनसहित २० सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

LC (KTM) March 28, 2022 0

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

अध्यक्ष लिङदेनले अध्यक्ष सहित उपाध्यक्ष , महामन्त्री केन्द्रि सदस्यहरु सहित २० जनाको कार्यसम्पादन समिति गठन गरेका छन् । जसमा अध्यक्ष १ जना ,उपाध्यक्ष ६जना , महामन्त्री ५ जना रहेका छन् ।

राप्रपाको कार्यसम्पादनमा समितिको अध्यक्षमा राजेन्द्र लिङलेन , उपाध्यक्ष बुद्धिमान तामाङ,बिक्रम पाण्डे,ध्रुब बहादुर प्रधान, रोशन कार्की,हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी रहेका छन् ।

त्यसैगरी , महामन्त्रीमा डा.धवल शमशेर राणा,भुवन पाठक,कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ, प्रल्हाद साह रहेका छन् ।

केन्द्रिय सदस्यमा दीपक बोहोरा, नवराज सुवेदी,हरि बहादुर बस्नेत,बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुर प्रसाद शर्मा, ऋषि बाबु परियारको नाम परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर