दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना — OSNepal

दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

LC (KTM) April 13, 2022 0

टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाउनु भएको छ ।जापानमा बिदा मनाउने समयका रुपमा लिइने “गोल्डेन विक” का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उहाँले बनाउनु भएको हो ।

यही अप्रिलको अन्त्य तिर उहाँले ती क्षेत्रका केही देशहरूको भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।उनीहरूका अनुसार प्रधानमन्त्री किशिदाले थाइल्याण्डबाट भ्रमण सुरु गर्ने तयारी भएको छ । त्यस पछि उहाँले इन्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गर्ने श्रोतले जनाएको छ।उहाँको भ्रमणले ती देशहरूसँगको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुका साथै आर्थिक तथा राजनीतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर