ठूला सहरहरूमा रेल सञ्चालन गर्ने देखि बालश्रमको अन्त्य सम्म समावेश एमालेको घोषणा पत्रमा — OSNepal

ठूला सहरहरूमा रेल सञ्चालन गर्ने देखि बालश्रमको अन्त्य सम्म समावेश एमालेको घोषणा पत्रमा

LC (KTM) April 22, 2022 0

काठमाडौं ९ वैशाख । नेकपा एमालेले शुक्रबार निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणा पत्रमा ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायत याताया प्रणालीको विकास गर्ने उल्लेख गरिएको छ । साथै यातायात जान नसक्ने स्थानमा भने स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । साथै ठूला नदीमा जल यातायात चलाउने समेत उल्लेख गरिएको छ ।

पाचँ वर्षको अवधिमा प्रत्येक पालिकामा न्यूनतम पाँचदखि १५ शैयाका आधारभूत अस्पताल निर्माण गरेको बताएको छ । साथै १८ अर्ब रुपैयाँ बराबरको कोरोना बिमा गराउन सफल भएको पनि जारी घोषणा पत्रमा उल्लेख छ । पुन निर्माणको क्रममा ४० करोड श्रम दिन बराबरको रोजगारी सिर्जना,१ लाख दक्ष र १० लाख अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गरिएको उल्लेख गरिएको छ ।

‘करको पारदर्शिता र अधिकतम सदुप योग गर्ने, करको दायरामा ध्यान दिने।स्थानीय तहलाई प्राप्त अधिकार अनुरुनुप स्थानीय कर, सेवा शलु्क तथा दस्तुर परिचालन एवंराजस्व छली नियन्त्रण गर्ने ‘ जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

‘बालश्रमको अन्त्य गर्ने। कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनेसनिश्चित गर्ने। बालबालिकाहरूको सिर्जनात्मक क्षमता विकासका लागि बालक्लब, किशोरकिशोरी क्लब, बाल उद्यानहरूको व्यवस्था गर्ने’ उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर