बागलुङमा कांग्रेसले टुंग्गायो स्थानीय तहमा उम्मेदवारको नाम, बागलुङ नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ — OSNepal

बागलुङमा कांग्रेसले टुंग्गायो स्थानीय तहमा उम्मेदवारको नाम, बागलुङ नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ

LC (KTM) April 25, 2022 0

बाग्लुङ १२ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्गो लगाएको छ ।

गठवन्धनमा भएको सहमति अनुसार बागलुङ नगरपालिकामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख कांग्रेसल पाएको थियो । आज सोमबार यी सबै पालिकामा उम्मेदवारको टुंग्गो लगाएको हो ।

जसअनुसार बागलुङ नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ , गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे,काठेखोला गाउँपालिका अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसिखोला गाउँपालिका अध्यक्षमा सूर्यबहादुर घर्तीलाई उम्मेदवार चयन गरिएको छ ।

त्यस्तै, सहमति अनुसार जैमिनी नगरपालिकाको उप प्रमुखमा हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलिप पुनको नाम टुंग्गो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर