जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल — OSNepal

जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल

LC (KTM) May 05, 2022 0

काठमाडौं, २२ वैशाख-नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए ।

‘मैले जगन्नाथ जीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खाेजेको थिए । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भने । नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो । ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो ।’ उनले भने ।
देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर