कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल — OSNepal

कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल

LC (KTM) May 05, 2022 0

चितवन, २२ वैशाख -नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।

निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।
चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर