डेभिड वार्नरको बिस्फोटक ब्याटिङ्ग सहित आईपीएलमा दिल्लीको शानदार जित — OSNepal

डेभिड वार्नरको बिस्फोटक ब्याटिङ्ग सहित आईपीएलमा दिल्लीको शानदार जित

LC (KTM) May 05, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई हराउँदै जित निकालेको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले पराजित गरेको हो । दिल्लीले हैदराबाद समक्ष २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाउन सक्यो ।

हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो। दिल्लीका लागि डेभिड वार्नरले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ खेले ।

रोभम्यान पावेलले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा ऋषव पन्तले २६ रनको योगदान दिए । हैदरावादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १र१ विकेट लिए । यस जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अंक जोडेको छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर