स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत — OSNepal

स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत

LC (KTM) May 08, 2022 0

काठमाडौं, २५ वैशाख-स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।

उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

मतदानको दिन भने यति एयरलाइन्सले मानवीय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्नेछ । त्यस्तै अन्य एयरले पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्ने संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए ।

तारा एयरले भने दुर्गममा गर्दै आएको खाद्यान्न ढुवाी तथा पर्यटकहरूको लागि गर्ने चार्टर उडान भने यथावत राख्ने प्रवक्ता शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर