नेपालगञ्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप, केही घाइते — OSNepal

नेपालगञ्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप, केही घाइते

LC (KTM) June 02, 2022 0

काठमाडौं :

नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा झडप भएको हो ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको हो । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको हो । आज केही युवाले नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपका क्रममा केही घाइते भएको हुन् । झडप पछि सुरक्षा व्यबस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर