रणवीर, अनिल कपुर, रश्मिकासँग एकसाथ ‘एनिमल’मा काम गर्न लागेका विपिन भारत उड्ने तयारीमा — OSNepal

रणवीर, अनिल कपुर, रश्मिकासँग एकसाथ ‘एनिमल’मा काम गर्न लागेका विपिन भारत उड्ने तयारीमा

LC (KTM) June 02, 2022 0

काठमाडौं :

बलिउड चलचित्र ‘एनिमल’ छायांकनका लागि चर्चित अभिनेता विपिन कार्की भारत जाने तयारीमा छन् । सन्दीप रेड्डीले निर्देशन गर्ने यो फिल्ममा विपिन बलियो भूमिका निर्वाह गर्ने अवसर पाएसँगै भारत जाने तयारीमा लागेका हुन् ।

यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका विपिनले रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल जस्ता कलाकारहरुसँग स्क्रिन सेयर गर्नेछन् ।

फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्ने फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेसँगै उनको चर्चा थप चुलिएको हो ।

फिल्म एनिमल ग्याङस्टर कथा रहने र यो फिल्मका मुख्य पात्रबीचको द्वन्द्वात्मक सम्बन्धको कारण मुख्य पात्रलाई जनावरको स्वभावमा परिणत हुन बाध्य हुने कथावस्तु समेटिएको आईएमडीबीले उल्लेख गरेको छ ।यो फिल्म निर्माण टिमले आइएमबीडी अकाउन्टमा समेत विपिनको नाम समावेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर