लमजुङमा भिरबाट लडेर बालकको मृत्यु

Posted By OS Nepal || Date: 29 November, 2016

लमजुङ, १४ मङ्सिर । सदरमुकाम नजिकै गाउँसहरको भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ । बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो । सोमबार बेंसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको भिरमा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए । बिहान खाना खाएर विद्यालय हिँडे पनि उनी विद्यालयमा भने नपुगेको विद्यालयले जनाएको छ । विद्यालय छलेर जङ्गलमा लुक्ने क्रममा भिरबाट लडेको अनुमान गरिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!