विवाहमण्डपमा फूलबारी लीला सम्पन्न

Posted By OS Nepal || Date: 1 December, 2016

जनकपुरधाम, १६ मङ्सिर । सीता–राम विवाहअन्तर्गत जनकपुरधामको जानकी मन्दिरस्थित विवाहमण्डपमा आज फूलबारी लीला सम्पन्न भयो ।

फूलबारी लीलाअन्तर्गत प्रतीकात्मक राम–लक्ष्मण फूलबारीमा प्रवेश गर्दा फूल टिप्दै गरेकी सीतासँग भेटको रामायणकालीन प्रसङ्ग प्रस्तुत गरिएको थियो । प्रतीकात्मक रामसँग सखीहरूको संवाद हुन्छ, “के छ तपार्इँको नाम, कहाँ छ गाउँ ?” रामको प्रत्युत्तर हुन्छ, “राम हो मेरो नाउँ, अयोध्या छ गाउँ ।”

यस्तै रोचक संवादकै क्रममा राम–सीताको देखादेख हुन्छ र स्नेह, सद्भाव र मिलनको उदय भएको भावभङ्गीमा पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा सहभागीले प्रतीकात्मक सीता–राम, लक्ष्मणप्रति श्रद्धा र भक्ति प्रकटका साथै मैथिल संस्कृति अनुरूप स्वागत र मङगल गान गायन गरेका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!