नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको हो : अर्थमन्त्री — OSNepal

नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको हो : अर्थमन्त्री

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर पनि कम बनाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट छलफलमा उठेका प्रश्नकोजवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपालीको औसत आयु ६९ दशमलव ७ वर्ष रहेकाले पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको बताएका छन् ।

यस भन्दा अघि भने ७० वर्षमा वृद्ध भत्ता दिइँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर