भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना — OSNepal

भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना

LC (KTM) June 03, 2022 0

नयाँ दिल्ली, २० जेठ-भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् । विरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ । भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन् । आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो ।

“घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,” जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख हेमन्त अनाबाथुलले भन्नुभयो । ग्याँस चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । ग्याँस चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखा परेको थियो । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर