निर्वाचन गराउन आयोग तयार छ – आयुक्त शर्मा

Posted By OS Nepal || Date: 1 December, 2016

नेपालगन्ज, १६ मङ्सिर । निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ । आयोगद्वारा आज यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।”ila-sharma

आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्छ भन्नुभयो ।

पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उहाँले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका रहँदैन भन्नुभयो । आयुक्त शर्माको थप भनाइ थियो – “आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।” अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!