प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग — OSNepal

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद लालबहादुर थापाले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा माग गरेका छन् ।

सांसद थापाले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय कानुन सम्मत नभएको भन्दै निर्वाचन आयोग प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा माग गरेका हुन् ।

‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामा माग गर्दछु ।’ उनले भने ।

साथै, उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखेका छन् ।

प्रचलित कानुन बमोजिम नै बूढीगंगामा मतदान भएकोले पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्नुपर्ने उनले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर