मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते — OSNepal

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

LC (KTM) July 03, 2022 0

वाग्मती, १९ असार : मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।

आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्ँिटदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर