विश्वकप फुटबलमा अब ४८ देशले खेल्न पाउने

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं : विश्वकप फुटबलमा अब ४८ देशले खेल्न पाउने भएका छन् । ज्युरिखमा भएको विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले विश्वकपमा सहभागी हुने देशको टुंगो लगाएको हो ।

मंगलबारको बैठकले विश्वकपमा सहभागी हुने देशको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको हो।

अहिले नै गरेको यो निर्णय कार्यान्वयन भने आठ वर्षपछि मात्र हुने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यो निर्णय सन् २०२६ को विश्वकपबाट मात्र लागू हुने फिफाले जनाएको छ ।

अब ४८ देशलाई १६ समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा ३ देश हुनेछन् । जसबाट शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।

सन् १९९८ देखि विश्वकपमा ३२ देशले खेल्न पाउने नियम बनाइएको थियो ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!