बाबुरामले पार्टीमा देखेका ६ समस्या,आफू खुशी टिकट बाँड्दै हिँड्ने देखि व्यवस्थापनको समस्या (पुर्णपाठसहित) — OSNepal

बाबुरामले पार्टीमा देखेका ६ समस्या,आफू खुशी टिकट बाँड्दै हिँड्ने देखि व्यवस्थापनको समस्या (पुर्णपाठसहित)

LC (KTM) July 12, 2022 0

काठमाडौं २८ असार । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि आलोचना गरेका छन् ।

आज एकै दिन बाबुरामले पार्टीको विस्तारित बैठक र यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएपछि बाबुरामले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै यादवमाथि आलोचना गरेका हुन् । बैठकमा बाबुरामले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत् पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको बताए ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेस आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो,तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो ।’

प्रतिवेदनमा उनले अघि भनेका छन्, ‘मधेश प्रदेशमा सरकारको नेतृत्व थियो, अन्य कतिपय प्रदेशमा पार्टी सरकारमा सामेल थियो, संघीय सरकारमा केही मन्त्रीहरु रहे, यिनीहरुको कार्यसम्पादन क्षमतालाई सुशासन र सेवाप्रदायनका दृष्टिकोणबाट कसरी अरु पार्टीको भन्दा अब्बल बनाउने र त्यसले सिर्जना गर्ने जनाकर्षणमार्फत् पार्टीलाई लोकप्रिय बनाउँने भन्नेतिर मूल नेतृत्वको ध्यान नै गएन’ ।

पार्टीका बैठकबाट काम सिर्जना हुने तर त्यसको व्यवस्थापनको पाटोबारे सबै मौन बस्ने, कसैले कुनै उत्तर नदिने वा कुनै संस्थागत प्रयत्न नगर्ने हुँदा गर्नैपर्ने कैयौं महत्वपूर्ण कार्यसमेत सम्पादन हुन नसकेको उनले बताए ।

‘व्यक्ति व्यक्तिले आफू खुशी टिकट बाँड्दै हिँड्ने, फरक पृष्ठभूमि वा समूहको भए पूर्वाग्रह राखेर टिकट नै नदिने, कतिपय ठाउँमा एउटै पदका लागि फरकफरक व्यक्तिबाट टिकट जाने एकभन्दा बढी उम्मेदवारले मनोनयन गर्ने, कतिपय ठाउँमा मनोनयनको दिन बिहानसम्म पनि टिकट नपुग्ने, गठबन्धनको संस्थागत संवाद र प्रयत्न नगर्ने यस्ता अनेक समस्या जताततै देखिए । जसको कारणले गर्दा पार्टीको उम्मेद्वारी संख्या र परिणाम निक्कै कमजोर बन्न पुग्यो’ भट्टराईले प्रतिवेदनमा थप भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर