‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने, सौगात मल्लसँगै दयाहाङको पनि अभिनय रहने — OSNepal

‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने, सौगात मल्लसँगै दयाहाङको पनि अभिनय रहने

LC (KTM) July 12, 2022 0

काठमाडौं ।‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । सौगात मल्ल स्टारर फिल्मको सिक्वेलको नाम ‘पोइ पर्‍यो बुढो’ राखिएको छ । फिल्मको दोस्रो श्रृंखलामा आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ बाहेकका सबै कलाकार दोहोरिने भएका छन् । फिल्ममा दयाहाङ राई पनि देखिने सम्भावना छ । फिल्मको छायांकन मंसिरदेखि सुरु हुने छ ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने बताइएको छ । रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रुपमा किरण हुनेछन् । फिल्मको पटकथा आगत केसीले लेखिरहेका छन् ।सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्‍यो काले’ले घरेलु बक्स अफिसमा ४ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर