गठवन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उपसभामुख पदको उम्मेदवार ! — OSNepal

गठवन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उपसभामुख पदको उम्मेदवार !

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार । निवार्चन आयोगले सरकालाई संघ र प्रदेशको चुनावको मिति सिफारिस गरिसकेपछि सरकारले उपसभामुखको लागि निर्वाचन गर्ने भएको छ ।

चार महिना देखि रिक्त रहेको उपसभामुख पद निर्वाचनको मिति तय हुनै लाग्दा यही शुक्रबार निर्वाचन हुने भएको हो । अव १२७ दिनको लागि सरकारले उपसभामुख चयन गर्ने भएको छ ।

सरकारले साउन पहिलो साताभित्र निर्वाचनको मिति तोक्ने अन्तिम तयारी गर्दै गर्दा यता उपसभामुखको निर्वाचनले चर्चा पाएको छ । एउटै दलबाट सभामुख र उपसभामुख नुहने व्यवस्था अनुसार यसमा ओवादीले दावी गर्न पाउने छैन ।

सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिने अवस्था छैन । । जसपा, लोसपा, कांग्रेस र एमालेमध्येबाट उपसभामुख चुनिनुपर्ने अवस्था आएको छ ।

जसमा जसपा फुटको सघारमा रहेको हुनाले यो दलबाट पनि चुनिने. अवस्था छैन । लोसपालाई दिने भनिएपनि अन्तिम यो निणर्य पनि लागु नहुने देखिएको छ । गठवन्धन दलबाट नेपाली कांग्रेकी सांसद पुष्पा भुसालले चासो देखाएकी छन् ।

उनको उम्मेदवारी लगभग पक्का भएको छ । माओवादी केन्द्रकी एक सांसदले दिएको जानकारी अनुसार भोलि विहानसम्म कुनै राजनीतिक घटनाक्रम हेरफेर नभए भुसाल नै उम्मेदवार बन्ने पक्का भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर