मेयर बालेन शाहलार्ई घरमै बोलाएर ओलीले दिए तबला उपहार — OSNepal

मेयर बालेन शाहलार्ई घरमै बोलाएर ओलीले दिए तबला उपहार

LC (KTM) July 14, 2022 0

काठमाडौं :

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलार्ई तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् ।

बुधबार साँझ भएको भेटमा काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल गरेका थिए । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताए । शाहले यस अघि पनि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।

जुन विषयले खुबै चर्चा पनि पाएको थियो । यस अघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए ।निवासमा काठमाडौं महानगरको समग्र विकासका बारेमा नैछलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर