प्रचण्डसँग चुनाव लड्दिन जन्मभूमिका नाताले जुम्ला जान्छु : ज्ञानेन्द्र शाही — OSNepal

प्रचण्डसँग चुनाव लड्दिन जन्मभूमिका नाताले जुम्ला जान्छु : ज्ञानेन्द्र शाही

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगमी निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।

पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका शाही जुम्लाकै स्थायी बासिन्दा हुन् । शाहीले आफूलाई चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्न सुझाव आएपनि जन्मभूमिका नाताले जुम्ला जान बताए ।

चितवन–३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । राजीनीती क्षेत्रमा आउनु भन्दा अगाडी शाही अभियन्ताका रुपमा परिचित थिए ।

जुम्लामा उक मात्र निर्वाचन क्षेत्र रहेको छ । गएको निर्वाचनमा माओवादीले जितेको थियो । शाही राप्रपाका ८ मध्येका एक प्रवक्ता हुन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर