एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा गरियो आकस्मिक अवतरण — OSNepal

एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा गरियो आकस्मिक अवतरण

LC (KTM) August 08, 2022 0

सिमरा :

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट उनी सिमराका लागि चढेका थिए । अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ ।

मौसमको प्रतीक्षामा रहेका ओली हेलिकप्टर उडन नसके सडकमार्ग भएर गौर पुग्ने बताइएको छ । अहिले भने उनी सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर