असमान तलब वृद्धिको विरोध, आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू — OSNepal

असमान तलब वृद्धिको विरोध, आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू

LC (KTM) August 10, 2022 0

काठमाडौं, २५ साउन:

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।

शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ ।

नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर