नेपाली रियालिटी शोको जज बन्न बिहिबार नेपाल आएका गोबिन्दा आज फर्किदै — OSNepal

नेपाली रियालिटी शोको जज बन्न बिहिबार नेपाल आएका गोबिन्दा आज फर्किदै

LC (KTM) August 28, 2022 0

काठमाडौं ।

भारतीय चर्चित नायक गोविन्दा र पत्नी सुनिता आहुजा नेपाल आएका छन् ।

यो चर्चित जोडी नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा विशेष अतिथि बनेका छन् ।

जसको शनिबार छायांकन समेत सम्पन्न भएको छ । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरा सुरुवालमा ठाँटिएका छन् भने उनकी पत्नि सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् ।

यो एपिसोड आगामी साता ग्राण्ड प्रिमियर हुने आयोजकले जनाएको छ ।

बिहिबार काठमाडौँ आएका गोबिन्दा र रियालिटी शो आयोजकबिच केही समय अघि यस विषयमा सहमती भए अनुसार यो जोडी नेपाल आएको हो ।

शुक्रबार र शनिबार काठमाडौं बसेर गोबिन्दा आज भारत फर्किदैछन् । गोबिन्दाको परिवार लामो समयदेखि कोलकातामा बस्दै आएको छ ।
Enter
Write to latest group

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर