विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार — OSNepal

विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

LC (KTM) August 30, 2022 0

(ब्राजिल), -अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ । सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उहाँले सबैलाई धन्यवाद भन्नुभएको छ । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उहाँले सञ्जालमा उल्लेख गर्नुभएको छ ।

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्छ । उहाँले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराउनुभएको थियो । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उहाँ दुई साताभन्दा बढी समय अस्पताल भर्ना हुनुभएको थियो ।

विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गर्नुभएको थियो । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उहाँले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर