अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि सामन्थालाई लाग्यो गम्भीर रोग — OSNepal

अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि सामन्थालाई लाग्यो गम्भीर रोग

LC (KTM) September 21, 2022 0

एजेन्सी :

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् ।

उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ । यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् ।

अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

उनी केही समयअघि नयाँ फिल्म ‘खुशी’को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङ बिचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर